पोखरामा लागूऔषधसहित दुई युवा प्रकाउ
पाेखरा | फागुन १७, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगरसहित २ दुई युवालाई प्रकाउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीले पोखराका ९ घर भई पोखरा १३ स्थित चिसापानी बस्ने २६ वर्षीय आशिष थकाली र स्याङ्जा घर भई पोखरा १३ बस्ने २७ वर्षीय सुमन गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित प्रकाउ गरेको हो ।
पोखरा १३ चिसापानीमा बस्दै आएका उनीहरुको कोठाबाट लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर) ३० ग्राम, नाईट्रोभ्यान २५ चक्की, डिजिटल तराजु १ थान र २ थान मोवाईल सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई लागूऔषध सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

